काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी उपरीक्षक कमल थापा हनी ट्रयाप प्रकरणमा तानिएका छन् । यस प्रकरणमा छानबिनका लागि प्रहरी मुख्यालयले अख्तियारबाट थापालाई प्रहरी मुख्यालयमा तानेको स्रोतले जानकारी दियो । व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको घट्नामा प्रहरी उपरीक्षक थापामाथि छानबिन भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको हो ।…