पशुपतिको गौशाला धर्मशाला मारवाडी सेवा समितिबाट फिर्ता

काठमाण्डु – पशुपति क्षेत्र विकास कोष गौशालास्थित पशुपतिनाथको धर्मशाला २१ वर्षपछि मारवाडी सेवा समितिबाट फिर्ता गरेको छ । कोष र समितिबीच भएको सम्झौता काठमाडौं जिल्ला अदालतले खारेज गरिदिएपछि कोषले गौशाला फिर्ता पाएको हो । २०६० सालमा कोष र समितिबीच गौशालास्थित कित्ता नं. ८३ को ४ रोपनी १५ आना २ पैसा र सोही स्थानको कित्ता नं.…