काठमाण्डु – नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक आह्वान भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसका लागि बुधबार साँझ पाँच बजे बैठक बोलाएका हुन् । प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य हुन्छन् । परिषद्…