नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने अभियान सक्रिय, कांग्रेस सभापति देउवालाई ज्ञापनपत्र

काठमाण्डु – नेपाली कांग्रेस सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियान केन्द्रीय समन्वय समितिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । कांग्रेस केन्द्रीय सदस्य तथा महाअभियानका संयोजक शंकर भण्डारीले शुक्रबार बिहान बुझाएको ज्ञापनपत्रमा नेपाललाई हिन्दूराष्ट्र कायम गर्न माग गरिएको छ । ‘नेपाली भूमिमा पादुर्भाव भएको बौद्ध एवम् किराँत धर्म, दर्शन, संस्कृति, वोन, जैन, सिख…