भारतको हिन्डन एयरबेस पुगेकी शेख हसिना कहाँसम्म भाग्न सक्छिन् ?

काठमाण्डु – बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार साँझ सि–१३० हरकुलस सैन्य यातायात विमानबाट नयाँदिल्ली नजिकैको हिन्डन एयरबेसमा उत्रिएकी छन् । विमानलाई भारतीय वायु सेनाको सि–१७ र सि–१३० जे सुपर हरकुलस विमान ह्याङ्गर नजिकै पार्क गरिने बताइएको छ । भारतीय वायु सेना र सुरक्षा एजेन्सीहरूले भारतीय हवाई क्षेत्रमा प्रवेशदेखि लिएर गाजियाबादमा हिन्डन एयरबेससम्म विमानको आवागमनको निगरानी…