काठमाण्डु – नेकपा एकीकृत समाजवादीले ३४४ सदस्यीय केन्द्रीय कमिटीको नामावली सार्वजनिक गरेको छ । महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलले टुंग्याउने जिम्मा लगाएको केन्द्रीय कमिटी शुक्रबार घोषणा भएको छ । समाजवादीको विधानमा २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था भए पनि आकांक्षी बढी भएपछि ३४४ सदस्यीय बनाइएको छ । शुक्रबार पार्टी कार्यालय आलोकनगरमा…