सहकारीको रकम अपचलन गरेर भागेका १८ जनालाई तत्काल स्वदेश फर्काउन गृहमन्त्रीलाई संसदीय विशेष समितिको निर्देशन

काठमाण्डु – सहकारीको रकम अपचलन गरी देश बाहिर भागेका १८ जनालाई तत्काल स्वदेश फर्काउन सहकारी छानबिन संसदीय विशेष समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबारको बैठकले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राईसहित १८ जनालाई तत्काल स्वदेश फर्काउन निर्देशन दिएको हो । आज समितिले गृहमन्त्री रमेश लेखक, गृहसचिव एकनारायण…