प्रधानमन्त्री ओलीसहित नेताहरूको नाममा यमपूजा गरेको आरोपमा पुष्कर खतिवडा पक्राउ

प्रधानमन्त्री ओलीसहित नेताहरूको नाममा यमपूजा गरेको आरोपमा पुष्कर खतिवडा पक्राउ


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको नाममा यमपूजा गरेको आरोपमा पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ।

खतिवडालाई प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राख्दै प्रधानमन्त्री ओलीलगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारी गरेको आरोपमा पक्राउ गरिएको हो ।

एसपी अधिकारीले खतिवडालाई विद्युतीय अपराध अन्तर्गतको कसुरमा पक्राउ गरिएको बताए।

‘देशमा खाल्डोमा हाल्ने नेताहरू छन्, उनीहरूको फोटोसहित राखेर यमराजको पूजा गर्ने निर्णय गरेको छु,’ उनले सामाजिक सञ्जालमा भिडियो राख्दै भनेका थिए।

उनले आयोजना गरेको यज्ञ राम्रा उद्देश्यका लागि नगरेको आरोपमा पक्राउ गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमाा यज्ञको आयोजना गरेका हुन् । उनी धार्मिक भेषमा हिँड्छन् ।