एमाले सचिवालयको बैठक बस्दै,यस्ता छन् छलफलका एजेन्डा

काठमाण्डु - नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । मंगलबार दिउँसो १ बजेलाई तय भएको बैठक बुधबार बिहान ११ बजेलाई सारिएको थियो। पार्टी कार्यालय च्यासलमा बस्ने आजको सचिवालय बैठकमा समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताका कार्यविभाजनलगायत विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा असार २८ गते विश्वासको मत लिँदैछन्…