नौबीसे-मलेखु सडकखण्ड १५ दिनसम्म राति ५ घन्टा बन्द हुने

नौबीसे-मलेखु सडकखण्ड १५ दिनसम्म राति ५ घन्टा बन्द हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  पृथ्वी राजमार्ग अन्तर्गत नौबीसे मलेखु सडकखण्ड १५ दिनसम्म राति ५ घन्टा बन्द हुने भएको छ।

नागढुंगा-मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै यो सडक खण्ड २६ असारबाट राति बन्द गर्न लागिएको जनाएको छ। सडक राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने आयोजनाले जनाएको छ।

उक्त सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको संरचनामा काम गर्ने गरी सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ।

जहाँ ‘गर्डर लन्चिङ’ को काम गर्न लागिएको छ। यस अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, सुरक्षा निकाय लगायत) भने चल्न सक्नेछन्।