काठमाण्डु– चालु आर्थिक वर्षको पहिलो एक महिनामा वाणिज्य बैंकहरुले ९ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २० वाणिज्य बैंकहरुले सो नाफा कमाएका हुन् । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकहरुले ८ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएका थिए…