काठमाण्डु– ग्लोबल आइएमई बैंक लिमिटेड लगातार दोस्रो पटक नेपालको उत्कृष्ट बैंक घोषित भएको छ । अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन ग्लोबल फाइनान्स म्यागेजिनले यस बैंकलाई लगातार दोस्रो पटक ‘द बेस्ट बैंक इन नेपाल’को उपाधि प्रदान गरेको हो । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधीेले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज…