काठमाण्डु - राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र दाङ जिल्लाको घोराही उपमहानगरपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले हस्ताक्षर गरेका छन् । सम्झौता पछि उपमहानगरपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता…