काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सले खुद्रा बिक्री मूल्य एमआरपीमा कार्यान्वयनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा चेम्बर पदाधिकारी तथा अन्य व्यावसायिक संघसंस्थाहरूका पदाधिकारीको टोलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसमक्ष उद्योगी र व्यापारीको व्यावहारिक समस्या समाधान गरेर मात्रै एमआरपी कार्यान्वयन गर्नुपर्ने सुझाव दिएको हो । चेम्बरले मन्त्री…