सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाण्डु – हप्ताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । सोमबारको बजारमा ४.२८ अंक घटेर २६४५.२४ विन्दुमा झरेको नेप्से परिसूचक मंगलबार भने ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा झरेको हो । मंगलबार सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अंक घटेको छ ।…