नेपालीलाई ‘लट्री टिकट’बाटै लखपति बनाउँछौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली उपभोक्तालाई ‘लट्री टिकट’बाटै लखपति बनाउने बताएका छन् । बजेट सार्वजनिक भएको २ दिनपछि आईतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मूल्य अभिवृद्धि करको बिललाई नै लट्री टिकट बनाउन लागिएको बताए । ‘अब हरेक भ्याट बिल अटोमेटिक लट्री टिकट बन्दैछ, लट्री टिकटबाट हरेक दिन हामी केहीलाई लखपति बनाउँछौँ,’ उनले…