रास्वपा सांसद् नै भन्न थालेः अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य घटिसक्यो, नेपालमा किन घट्दैन सरकार ?

रास्वपा सांसद् नै भन्न थालेः अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य घटिसक्यो, नेपालमा किन घट्दैन सरकार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् नरेन्द्रकुमार गुप्ताले मध्यपूर्वमा जारी युद्ध रोकिएको र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको अवस्थामा पनि नेपालमा पोट्रोलियम पदार्थको मूल्य नघटएकामा सरकारको आलोचना गरेका छन् ।


मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गुप्ताले पेट्रोलियमको हालको बजार मूल्य नेपाली जनताले थेग्नै नसक्ने बताए ।

मूल्य समायोजना गर्नुपर्नेमा बढाइएको मूल्य कायमै रहने सूचना प्राप्त भएको भन्दै त्यसो नगर्न सरकारलाई आग्रह गरे ।

पेट्रोलियम पदार्थको मूल्य अधिक हुँदा अन्य व्यवसायीभन्दा कृषकहरुले गझनैै धान्न नसक्ने उनको भनाइ थियो ।

‘अहिले मध्यपूर्वको युद्ध रोकिँदा पनि हामीले देखिरहेका छौं जसरी पेट््रोेलियम पदार्थको मूल्य मापनमा गएको थियो ।

अहिले युद्धबिराम हुँदा पनि र विश्वबजारमा कच्चा तेलको मूल्य घट्दा पनि नेपालमा यसको कुनै प्रभाव देखिएको छैन’, उनले भने, ‘मूल्य अझ कायमै रहन्छ भन्ने कुरा हामीले सुन्नमा आएको छ । यो मूल्य नेपाली जतनताका लागि थेग्न सक्ने मूल्य होइन । त्यसमा पनि व्यवसायिकभन्दा पनि कृषिजन्य काममा जति प्रयोग हुन्छ, यो इन्धन त्यो त झनै थेग्न योग्य छैन । त्यसैले यो मूल्य तत्काल समायोजन गर्नुपर्छ भन्ने मेरो आग्रह हो ।’


गुप्ता गत २१ फागुनको निर्वाचनमा रास्वपाका तर्फबाट रुपन्देही–२ बाट निर्वाचित भएका हुन् ।