काठमाण्डु - चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालले ३ अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यस वर्ष चियाको निर्यात ४ अर्ब ५० करोड रुपैयाँ हाराहारीमा पुग्ने अनुमान रहेको जनाएको छ । पछिल्लो तथ्यांकअनुसार वार्षिक दुई करोड ४८ लाख किलोग्राम तयारी चिया उत्पादन भएको देखिन्छ ।…