काठमाण्डु – पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा देखिन्छ । ०७४ सालको निर्वाचनमा एमाले पहिलो शक्ति बनेको थियो । कांग्रेसले उसलाई पछ्याएको थियो । नौमध्ये एमालेले पाँच र कांग्रेसले चार स्थानीय तहका प्रमुख जिते । एमालेले फक्ताङलुङ गाउँपालिका, फुङलिङ नगरपालिका, मिक्वाखोला गाउँपालिका, मौवाखोला गाउँपालिका र पाथीभरा–याङवरक गाउँपालिका जितेको थियो । यस्तै, आठराई–त्रिवेणी…