एजेन्सी - ब्राजिलमा संसद भवन, राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा घुसपैठ र तोडफोडमा संलग्न १५ सय जना पक्राउ परेका छन् । पूर्व राष्ट्रपति जैर बोल्सोनारोका हजारौँ समर्थकले आइतबार साँझ राज्यका ती महत्वपूर्ण निकायमा हमला गरेका थिए । ब्रजिलको झण्डाको चम्किलो पहेँलो र हरियो रङ्गको सर्टहरू लगाएका प्रदर्शनकारी राजधानी ब्रासिलियामा रहेका राज्यका तीन शक्तिशाली अंगमा हमला…