करिब तीन हजार अफगानी शरणार्थी इरानबाट स्वदेश फिर्ता

इरान - इरानमा बस्दै आएका करिब तीन हजार अफगानी शरणार्थी मङ्गलबार स्वदेश फर्किएका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मामिला मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा एकै दिन ठूलो सङ्ख्यामा अफगानी शरणार्थी इरानबाट स्वदेश फर्किएको जानकारी दिइएको हो । ‘इरानमा वर्षौंसम्म शरणार्थीको रूपमा बिताएपछि मङ्गलबार दुई हजार ७७८ अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन्…