नाइजेरिया - नाइजेरियाको उत्तरपश्चिमी सोकोतो राज्यस्थित एक नदीमा डुङ्गा पल्टिँदा १५ जना बालबालिकाको डुबेर मृत्यु भएको एक स्थानीय अधिकारीले बुधबार एएफपीलाई जानकारी दिएका छन् । घटनामा अन्य २५ जना बेपत्ता भएको बताइएको छ । शागारी जिल्लाका राजनीतिक प्रशासक अलियु अबुबकरले ती बालबालिका मंगलबार शागारी नदीको पारिपट्टिको झाडीमा दाउरा टिप्न जाँदै गर्दा डुङ्गा पल्टिएको जानकारी दिए…