इथियोपियामा भएको युद्धविरामको दक्षिण अफ्रिकाद्वारा स्वागत

एजेन्सी -  इथियोपियामा भएको युद्धविरामको दक्षिण अफ्रिकाले स्वागत गरेको छ । दक्षिण अफ्रिकाको सरकारले बिहीबार सो युद्धविरामको स्वागत गरेको बताइएको हो । इथियोपियाको सरकार र उत्तरी इथियोपियामा हिंसात्मक द्वन्द्व गरिरहेको विद्रोही समूह टिगरे पिपुल्स लिबरेसन फ्रन्टका बीचमा बुधबार युद्धविराम भएको थियो । सो युद्धविरामको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले पनि बिहीबार स्वागत गरेका थिए ।…