एजेन्सी - रुसले युक्रेनमाथि आक्रमण गरेपछि मस्कोको पक्षमा उभिन आनाकानी गर्दै आएको दक्षिण अफ्रिकाले आगामी महिना आफ्नो समुद्र तटमा चीन र रुससँग संयुक्तरूपमा सैन्य अभ्यास गर्ने घोषणा गरेको छ । विगतदेखि नै चीन र रुससँग सुमधुर रहेको देशको सम्बन्धलाई अझ सुदृढ बनाउन तीनवटै राष्ट्रका सेनाबीच बहुराष्ट्रिय जलसैन्य अभ्यास हुने दक्षिण अफ्रिकी सेनाले बिहीबार बताएको छ…