आफूले पालेकाे कंगारुकाे आक्रमणबाट वृद्धको मृत्यु

एजेन्सी - कंगारुको हमलामा अस्ट्रेयिलयामा एक ७७ वर्षीय वृद्धको मृत्यु भएको छ । ती व्यक्तिले कंगारुलाई आफूले पाल्दै आएका थिए । पहिचान नभएको व्यक्तिलाई आइतबार दिउँसो आफन्तले पश्चिमी अस्ट्रेलियाको थोरै जनसंख्या भएको दक्षिणी सहर रेडमन्डको एउटा घरमा गम्भीर घाइते अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । कंगारुले अस्ट्रेलियाली इतिहासमा ८६ वर्षपछि पहिलो पटक आक्रमण गरेको बताइएको…