श्रीलंकाकाे नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त, आजै सपथ गराइने

कोलम्बो - श्रीलंकालाई हाल परिरहेको डरलाग्दो आर्थिक संकटबाट बाहिर निकाल्ने प्रयासमा रहेका राष्ट्रपति गोटबाया राजापाक्षेले बिहीबार नयाँ प्रधानमन्त्रीको नाम तय गरेका छन् ।  पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघे २२५ सदस्यीय संसदमा क्रसपार्टी समर्थनमा एकता सरकारको नेतृत्व गर्न अग्रपंक्तिमा रहेकाे बताइएको छ ।  उनलाई आजै सपथ गराइने सम्भावना रहेको राष्ट्रपतिका वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन्…