एजेन्सी – लद्दाखमा भारत र चिनियाँ सैनिकबीच फेरि झडप भएको छ । भारतले चिनियाँ सेनाले पूर्वी लद्दाखको सीमामा भएको सहमति उल्लंघन गरेकाले झडप भएको जनाएको छ । भारतले चिनियाँ सैनिकहरूले उक्साहटपूर्ण कदमहरू चाल्दा भारतले त्यसको प्रतिकार गरेको जनाएको छ । भारतीय सेनाको विज्ञप्तिमा भनिएको छ, ‘भारतीय सेनाले पाङगोङ सो तालमा चिनियाँ सैनिकहरूको उक्साहटपूर्ण कदमलाई रोकेको…