अमेरिका – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मिसाइल आक्रमणबाट कुनै क्षति नपुगेको दाबी गरेका छन् । बुधबार विशेष सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकालाई कुनै क्षति नपुगेको दाबी गरेका हुन् । उनले भनेका छन्, ‘इरानले गरेको मिसाइल आक्रमणमा कुुनै पनि अमेरिकीलाई क्षति भएको छैन ।’ उनले भने, ‘केही सामान्य क्षति भयो । कोही हताहत भएनन् ।’…