एजेन्सी - चीनको एक अदालतले लागुऔषध तस्करीको आरोपमा एक क्यानडेली नागरिक रोबर्ट लोयड सेलेबर्गलाई मृत्युदण्डको सजाय सुनाएको छ । सन् २०१८ मा उनलाई १५ वर्षको जेल सजाय तोकिएको थियो । तर त्यसविरुद्ध गरिएको अपिलमा सोमबार सुनुवाई गर्दै अदालतले यसअघिको सजाय निकै उदार रहेको बतायो र मृत्युदण्डको फैसला गरेको हो । चीनको टेलिकम जाइन्ट हुवाईकी प्रमुख…