१८८ यात्रु सवार विमान दुर्घटनाग्रस्त

एजेन्सी- इन्डोनेसियाको राजधानी जकार्ताबाट उडान भर्ने वित्तिकै लायन एयरलाइन्सको फ्लाइट बोइङ ७३७ विमान दुर्घटनामा परेको छ । एक सय ८८ जना यात्रु बोकेर उडेको जहाज समुद्रमा खसेको छ । जहाजका अवशेष र तेल समुद्रको पानीमा तैरिएका फोटोहरु सार्वजनिक भएका छन् । सम्पूर्ण यात्रुहरुको अवस्था अज्ञात छ । तर, यात्रुका आफन्तजनहरुमा भने रुवावासी सुरु भइसकेको छ…