चिनियाँ राष्ट्रपतिद्वारा चीन, हङ्कङ र मकाउ जोड्ने पुलको उद्घाटन

जुहाई - चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सवभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गरेका छन् । सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ । चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो समयमा कडा गरिरहेका बेला चीनले यो पुल निर्माण गरेको छ । समुद्रमाथि निर्मित यो पुल ५५ किलोमिटर लामो छ ।…