काठमाण्डु - राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा बिग्रेडका कर्णेल कमान्डेन्ट रिचार्ड वार्डलो ओबीईसहितको टोलीले शिष्टाचार भेट गरेको छ । राष्ट्रपति कार्यालयमा भएको शुक्रबारको भेटका क्रममा राष्ट्रपति पौडेलले विश्वमा शान्ति, स्थिरता र स्वतन्त्रता कायम गर्नु नेपाल र बेलायतको साझा उद्देश्य भएको बताए । राष्ट्रपति पौडेलले शान्ति, स्थिरता र स्वतन्त्रताका सवालमा एकले…