काठमाण्डु- सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालले मनसुनजन्य डुबान रोक्न कोसीको ढोका खोल्ने विषयमा नेपाल—भारतबीच समन्वय गर्न जरुरी रहेको बताएका छन् । सोमबार गृह मन्त्रालयमा मनसुन सम्बन्धि विपद् जोखिम सम्बन्धि सरोकारवालहरूसँगको छलफलमा महानिरीक्षक अर्यालले सिँचाई, स्वास्थ्य र परराष्ट्र सचिवस्तरीय दुवै देशबीच समन्वय गरी कोसीमा यति क्युसेकभन्दा माथि पानी पुगेपछि कोसीको ढोका खोल्ने…