प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच असोज ६ गते न्यूयोर्कमा भेटघाट हुने

काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच असोज ६ गते अमेरिकाको न्यूयोर्कमा भेटघाट हुने भएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आयोजना गर्ने ‘समिट अफ द फ्युचर’का अवसरमा दुई देशका प्रधानमन्त्रीबीच भेटघाट हुने सम्भावना रहेको नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोली…