काठमाण्डु – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक वेभका अनुसार परराष्ट्र सचिव सेवा लम्साललाई मन्त्रिपरिषद्को ३१ साउनमा बसेको बैठकले बेल्जियमको राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । साउन ३१ गते बिहिबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय नम्बर ११ मा परराष्ट्रसचिव लम्साललाई बेल्जियमको राजदूतमा सिफारिस गर्ने निर्णय गरिएको उल्लेख छ । त्यो निर्णय सञ्चार माध्यममा अर्को दिन नै…