काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले सुख, स्वास्थ्य र निरन्तर सफलताको कामना गरेका छन् । मोदी मंगलबार ७४ वर्ष पुगेका छन् ।