विश्व सम्मेलनका लागि सभामुख घिमिरे जेनेभा प्रस्थान

काठमाण्डु – प्रतिनिधिसभा सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघ र संयुक्त राष्ट्रसंघद्वारा संयुक्त रूपमा आयोजित संसद्का सभामुखहरूको छैटौं विश्व सम्मेलनका लागि आईतबार जेनेभा प्रस्थान गरेका छन् । सभामुख घिमिरे ३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आईतबार साँझ जेनेभा प्रस्थान गरेका हुन् । प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई छन् ।…