काठमाण्डु – भारतको ओडिशास्थित कीट विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु र नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारका विषयमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीसँग टेलिफोन वार्ता गरेकी छन् । सामाजिक सञ्जाल फेसबूकबाट फोनवार्ताबारे जानकारी दिँदै मन्त्री राणाले दोषीमाथि कारवाही र विद्यार्थीको सुरक्षित पठनपाठनबारे कुराकानी भएको बताइन् । ‘उहाँसँग मैले लम्सालको मृत्युको…