काठमाण्डु – ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको २ दिने औपचारिक भ्रमणका लागि काठमाण्डु पुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले उनको स्वागत गरेकी छन् । उनी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा भदौ १० र ११ गते नेपाल भ्रमणमा आएका छन् । भ्रमणका दौरान दुवै देशका विदेश…