काठमाण्डु – ४ देशका लागि नियुक्त भएका राजदूतहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राजदूतहरूले पद तथा गोपनियताको शपथ लिएका हुन् । राष्ट्रपति कार्यालयका अनुसार संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, संघीय गणतन्त्र जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेती, साउदी अरेविया अधिराज्यका लागि नेपाली राजदूत…