माओवादी केन्द्रका नेताहरू चीन भ्रमणमा

काठमाण्डु- नेकपा (माओवादी केन्द्रं)का नेताहरू चीन भ्रमणमा गएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टीका २० सदस्यीय प्रतिनिधिमण्डल चीनको चोङकिङ सहर पुगेको हो । माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा नेतृत्वको प्रतिनिधिमण्डललाई चोङकिङ नगरमा बुधबार चिनियाँ कम्युनिष्ट पार्टीको चोङकिङ नगरपालिका पार्टी स्कुलका नेता वाङ तियानलियाङले स्वागत गरे। प्रतिनिधिमण्डलमा पार्टी केन्द्रीय सदस्यहरू लेखनाथ न्यौपाने, रामदीप आचार्य, अन्तर्राष्ट्रिय…