काठमाण्डु-नेपाल र चीन सरकारबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ । नेपाल र चीनका उच्चस्तरीय भेटवार्ताका क्रममा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको हो । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबिचको द्विपक्षीय वार्तापछि ९ बुँदे सहमति र समझदारी–पत्रमा हस्ताक्षर भएको थियो । त्यसमा बीआरआई उल्लेख थिएन । त्यसपछि जारी १२ बुँदे संयुक्त वक्तव्यमा बेल्ट…