माओवादी संसदीय दलको बैठक बस्दै, संसदीय सभापति र समिति सदस्य चयनबारे छलफल हुने

काठमाण्डु- नेकपा माओवादी संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार मध्याह्न १२ बजे माओवादी संसदीय दलको बैठक बस्न लागेको हो । सो संसदीय सभापति र समिति सदस्य चयनबारे छलफल हुनेछ । सभामुख देवराज घिमिरेले संसदको विषयगत समिति सदस्यका लागि सांसदको नाम दलहरूसँग मागेका छन् ।