सभापतिको मतगणना राति १० बजेबाट सुरु गरिने

काठमाण्डु – नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत दोस्रो चरणमा सभापति पदका लागि भइरहेको मतदानको गणना आजै गरिने भएको छ । आज साढे ३ बजे देखि सुरु भएको मतदानका लागि साढे सात बजेसम्मको समय तोकिएको छ । मतदान सकिएपछि आजै राति १० बजेबाट गणना सुरु हुने कांग्रेस चौधौं राष्ट्रिय महाधिवेशन मिडिया सेन्टर संयोजक डा. सुरेश आचार्यले…