काठमाण्डु – गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूतको रुपमा कार्यभार सम्हालेकामा राजदूत भोल्कलाई बधाई तथा सफलताको शुभकामना दिँदै उनकोे कार्यकालमा नेपाल–अष्ट्रेलिया सम्बन्ध थप…