काठमाण्डु – राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफूलाई एकीकृत समाजवादीमा नजाओस् भनेर नेकपा एमालेले पार्टीमा आउन प्रस्ताव गरेको टिप्पणी गरेका छन् । बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेसँगको प्रस्ताव अघि नबढेको गुनासो पोखे । उनले भने, ‘हामी समाजवादीमा जाने एक किसिमले सहमति भइसकेको जस्तो थियो । निर्णय त गरिसकिएको थिएन । मनचाहिँ त्यस्तो भइसकेको…