कञ्चनपुरबाट विप्लवका कार्यकर्ता जोशी पक्राउ

कञ्चनपुर - नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका कञ्चनपुरका एक कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले नेकपा विप्लव निकट भीमदत्त नगरका इन्चार्ज रघुविर जोशीलाई सोमबार साँझ पक्राउ गरेको हो । भीमदत्त नगरका इन्चार्ज जोशीलाई भीमदत्त नगरपालिका–९ घर नजिकैबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याइएको प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर विष्टले…