सेनामाथिको हस्तक्षेप नेपाली कांग्रेसका लागि अस्वीकार्य : सभापति देउवा

पोखरा - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले सेनामाथि पनि हस्तक्षेप गरेको आरोप लगाएका छन्। सेनामाथिको हस्तक्षेप नेपाली कांग्रेसका लागि अस्वीकार्य हुने चेतावनी समेत उनले दिएका छन्। ‘दुनियाँमा कहीँ प्रधानमन्त्रीले सेना चलाउन पाइन्छ? दुनियामा कहीँ पनि यस्तो हुँदैन’ पोखरामा विहीबार आयोजित काँग्रेस कोषाध्यक्षहरुको दुई दिने तेस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दै देउवाले भने, ‘सेना परिचालन…