आगामी बजेटमा देखिएला दुईतिहाइको जादु ? प्रधानमन्त्री ओली ढुक्क !

काठमाडौं - संसदमा दुईतिहाइ बहुमत पाएर बनेको सरकारले गत वर्ष जेठ १५ गते ल्याएको बजेटपछि अर्थमन्त्री डा. युवराज खतिवडाको आलोचना भयो । प्रतिनिधिसभा बैठकमै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै सांसदले अर्थमन्त्री खतिवडाको आलोचना गर्दै राजीनामा समेत मागे । कारण थियो – निर्वाचनका बेला वृद्धभत्ता पाँच हजार रुपैयाँ पुर्याउने भनेर गरिएको घोषणा कार्यान्वयन नहुनु । शक्तिशाली…