काठमाण्डु- सत्ता दलहरूले गठन गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संयन्त्रको बैठक बोलाइएका हुन्। बैठकमा समसायिक राजनीतिक घटनाक्रम, सरकारले ल्याएको अध्यादेश र सरकार सञ्चालनबारे छलफल हुने छ । प्रधानमन्त्री ओलीले बैठक बोलाए पनि आफू भने सहभागी नहुने जनाइएको छ।