कुनै पनि बालुवा खानीमा मेरो लगानी छैन्, अबैध खानी बन्द गराउनु पर्छ : उपराष्ट्रपति पुत्र पुन

काठमाडौँ– उपराष्ट्रपति पुत्र दिपेश पुनले कुनै पनि वालुवा खानीमा आफ्नो संलग्नता नरहेको बताएका छन् । आइतबार ‘बागमतीमा अवैध वालुवा खानी, गृहमन्त्रीकै आडमा तस्करी’ भन्ने समाचारमा उनको नाम जोडिएपछि पुनले विज्ञप्ती जारी गर्दै वालुवा खानीमा आफ्नो लगानी नभएको बताएका हुन्। ‘गोदावारी नगरपालिका–८, डुकुछाप ललितपरस्थित ‘साईनिङ बालुवा वासिङ सेन्टर’मा मेरो पनि लगानी छ भन्ने समाचारप्रति मेरो गम्भीर…